एकहप्ताभित्र सरिता गिरीलाई सांसद पदबाट राजीनामा दिन युवा संङ्घको माग

सूचना दैनिक
बुधबार, जेष्ठ २८, २०७७

संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सिमानाको सुरक्षा विपरीत दिएको अभिव्यक्तिप्रति राष्ट्रिय युवा सङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले एक विज्ञाप्ति जारी गरी गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ ।

संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा सांसद गिरीलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौँ ।’