एमसीसी पास भए सरकार ढल्छ , प्रचण्ड,झलनाथ र माधव नेपालको सन्देश!

सूचना दैनिक
बुधबार, जेष्ठ २८, २०७७

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा भित्र–भित्रै तीव्र मतभेद भइरहेको छ । खासगरी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यको अनुसुचीमा नै एमसीसी परियोजनालाई समेटिएपछि नेकपाभित्र मतभेद उत्कर्षमा पुगेको छ ।`

यसअघि पनि पार्टीभित्र छलफल नै नगरी महत्वपूर्ण निर्णयहरु गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको थियो । दल विभाजन र संवैधानिक अंगसम्बन्धी अध्यादेश ल्याएपछि त उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो ।यद्यपी त्यो आवाज मथ्थर भइसकेको छ ।

यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पार्टीभित्रै छलफल नगरी अमेरिकी सहयोग परियोजना एमसीसी बजेटको अनुसुचीमा हालेका छन । `जुन विषयमा अहिले व्यापक विरोध भइरहेको छ ।यहीबीचमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले एमसीसी संशोधनबिना पास गर्न नहुने मत राखेका छन् ।

प्रधानमन्त्रीसँग उनीहरुले हालै बसेको पार्टी सचिवालय बैठक र त्यसपछिका भेटमा एमसीसी अहिलेकै अवस्थामा पास भएको खण्डमा सरकार नै अप्ठ्यारोमा पर्ने चेतावनी दिएका हुन् ।यही सन्दर्भमा वरिष्ठ नेता झलनाथ खनालले उज्यालो नेटवर्कसँग भने,एमसीसी बजेटको अनुसुचीमा राखेकै कुरामा हाम्रो असहमति छ, झन् संशोधनबिना पास गर्ने कुरामा त सहमति हुने कुरा नै भएन ।उनले एमसीसीको विषयमा गहन रुपमा छलफल नगरीकन सरकार एक्लै अगाडि बढेको खण्डमा सरकार नै अप्ठ्यारोमा पर्ने स्पष्ट पारे ।त्यस्तै गरी बैठकमा अध्यक्ष प्रचण्डले पनि एमसीसीका केही बुँदा संशोधन अनिवार्य भएको बताएका थिए । प्रचण्ड र खनालको तर्कमा नेपालले पनि साथ दिएका छन् ।