‘जनतालाई खै खाना ? सरकारलाई जीमखाना’लगायतका नारा लाउँदै ग्वार्कोमा सरकारविरुद्ध प्रदर्शन

ललितपुर, २८ जेठ । सरकारको कर ताकेता, लकडाउन र कोरोना भाइरस संक्रमणको बढ्दो विस्तारप्रति असन्तुष्टि जनाउँदै निरन्तर प्रदर्शन भइरहेका छन् ।
बुधबार ललितपुरको ग्वार्कोमा पनि बिभिन्न नाराहरु लाउँदै सामाजिक दूरी कायम गरेर विरोध प्रदर्शन भएको छ ।

सामाजिक सञ्जालमार्फत गरिएको आह्वान पछि भेला भएकाहरुले ‘कर के का लागि, जनतालाई खै खाना, सरकारलाई जीमखाना, बाँच्नलाई हाकाकार मरेपछि पीसीआर, भ्रष्टाचार कि पीसीआर लगायतको नारा लेखिएका पोष्टरहरु बोकेर प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय गान गाएर समापन गरिएको विरोध कार्यक्रममा उल्लेख्य र स्वतस्फुर्तरुपमा ठूलो संख्यामा सबै उमेरका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति June 10, 2020

प्रतिकृया दिनुहोस