सरिता गिरीले गलत बोलेको छैन, सरितालाई तर्साएर जमिन फिर्ता हुँदैन : लक्ष्मणलाल कर्ण

सूचना दैनिक
बिहिबार, जेष्ठ २९, २०७७

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले पार्टी नेतृ सरिता गिरीले राष्ट्रियहित विपरित नबोलेकाले राष्ट्रद्रो’हीको आरोप लगाउन नमिल्ने बताउनुभएको छ । उहाँले संसदमा बोल्दै नबोलेको विषयलाई उचालेर एक नारीमाथि राज्यले अभद्र व्यवहार गर्न नमिल्ने भन्दै सडकमा छेकेर कुट्ने र घरमा आगोलगाउन जाने काम गलत भएको बताउनुभयो। नेपाली रेडियो नेटवर्कको नेपाली बहमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता कर्णले गिरीलाई कारवाहीका लागि आफ्नो पार्टीले विज्ञप्ती निकाल्न आवस्यक नभएको भन्दै बाहिर आएको विज्ञप्ती संघीय समाजवादी पार्टीको भएको बताउनुभयो । उहाँले अहिले सम्म पार्टी एक नभएको र संसदीय दलको संयुक्त बैठक समेत नबसेकाले गिरीमाथि पार्टीबाट कारवाही नहुने धारणा राख्नुभयो।

उहाँले गिरीले राष्ट्रियहित विपरित संसदमा बोलेको भए सभामुखले अनुशासनको कारवाही गर्न सक्ने भन्दै भोली पार्टी एक भएपछि बोलेको कुराको प्रमाण भेटिए र आवश्यक ठाने पार्टीले पनि कारवाही गर्न सक्ने बताउनुभयो । संसदमा गिरीले नक्साले मात्र जमिन फिर्ता नआउने र यो विषयमा भरतसँग सोधेर गर्नुपर्ने भनि राखेको भनाई राष्ट्रघा’ती नभएको कर्णको तर्क छ।उहाँले भन्नुभयो,‘सरिता गिरीलाई कारवाहीको कुरा आएको छ तर, प्रमाण छैन । हाम्रो पार्टी पनि एक भएको छैन । संसदीय दलको ज्वाइन्ट बैठक भएको छैन । उनी कहा बोलिन रेकर्ड हुनुपर्यो । संसदमा बोलेका विषयमा अनुसासनको कारवाही गर्ने कुरा सभामुखको हो । त्यसपछि पार्टीले आवस्यक परे कारवाही गर्छ । गिरीले संसदमा बोल्दा पनि त्यस्तो भनेको हैन । उहाँले नक्सा निकाल्दा जग्गा फिर्ता हुदैन भनेको हो भारतसँग सल्लाह गरेर गरौ भनेको हो’।