मान्छेको चलाखी देखेर मुसुमुसु हाँस्दै कालभैरव

सूचना दैनिक
शुक्रबार, जेष्ठ ३०, २०७७

काठमाडौँ : आज म तपाईंहरूलाई कालभैरवको कथा सुनाउँछु। हनुमानढोका दरबारको मूल प्रांगणमा का’लभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ। कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ। त्यसमाथि यसको शारीरिक हाउभाउ नै भ’यंकर।

घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कु’ल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला! कान, नाडी र पाउमा पहिरिएको सर्पको आभूषण हेर्नुस् न, कम्ता भ’यंकर छ! यिनको त हातै छवटा — कुनै हातले खड्ग, ढाल, त्रिशूलजस्ता अस्त्रशस्त्र उठाएका छन्, कुनैमा भर्खरै वध गरिएका तीनवटा मान्छेको टाउको झुन्ड्याएका छन्, त्यो पनि कपाल समातेर। बीचको एउटा हात विन्दुमुद्रामा दर्शनार्थीहरूतिर फर्किएको छ।

शिरको मुकुटमा धरि चारवटा खप्पर र एउटा नरमुण्डको गहना भिरेका छन्। यी सबैभन्दा उग्र र ड’रलाग्दा छन्, यिनका ठूल्ठूला आँखा र आगोको लप्का उठेझैं देखिने राता आँखीभुइँ, जहाँ हेरिरह्यो भने ज्वालामुखी दन्केझैं लाग्छ। का’लभैरवको यस्तो का’लजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ– भैरव त माथिल्लो लहरका सेता दाँत टिलिक्क टल्काएर मुसुमुसु हाँसी पो रहेका छन्! एकचोटि ध्यान दिएर हेर्नुस् त! हनुमानढोका दरबारमा एउटै शिलाबाट बनेको का’लभैरव। तस्बिर: नारायण महर्जन/सेतोपाट। घुँडा–घुँडासम्म मुण्डमाला भिरेका का’लभैरवले कु’ल्चेका बेताल। तस्बिर: नारायण महर्जन/सेतोपाटी अब तपाईंहरूलाई लाग्ला, कमलो मुटु भएकाहरूलाई थरथर कमाउने भैरव आखिर हाँसे किन? मलाई यसको कथा सुनाए, सन्दीप महर्जनले।

काठमाडौंका चोक, ग’ल्ली, मन्दिर र चैत्यहरू घुमेर लोककथा संकलन गर्ने २२ वर्षीय सन्दीप सामाजिक सञ्जालहरूमा ‘फ्रयांकी फ्रेन्ज’ नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्। उनले सुनाएको का’लभैरव कथा यस्तो छः धेरै, धेरै नै वर्षअघि काठमाडौंमा एक दम्पती थिए। उनीहरूबीच खुब मिल्ती थियो। छिमेकीहरू उनीहरूको मायाप्रेमको उदाहरण दिन्थे। विवाह भएको धेरै वर्ष बित्दा पनि उनीहरूको सन्तान भने थिएन।

समय बित्दै गयो। पहिले श्रीमान खेतमा काम गर्न जाँदा श्रीमती खाजा पकाएर खुवाउन जान्थिन्। विस्तारै खाजा लैजान आलटाल गर्न थालिन्। कामको बहाना गरेर दिनभरि घरबाहिरै रहन्थिन्। पहिले श्रीमानलाई नलिई जात्रापर्व कहीँ नजाने उनी अब दिनहुँ एक्लै बजार डुल्न निस्कन्थिन्। कहिले त श्रीमान घर फर्किसक्दा पनि उनको अत्तोपत्तो हुन्थेन। श्रीमानले त खासै वास्ता गरेका थिएनन्, तर छरछिमेकले कुरा काटे। श्रीमानको कान भरे। दिनरात छिमेकीको कुरा सुन्दा–सुन्दा उनलाई पनि आफ्नी पत्नीको प’रपुरुषसँग सम्बन्ध छ कि भन्ने शं’का भयो। मान्छेको मनमा एकचोटि शं’काको तिल पसेपछि त्यसलाई पहाड बन्न कत्ति बेर लाग्दैन! पहिले त्यस्तरी मिलेर बसेका जोई–पोई अब सानो–सानो कुरामा बाझ्न थाले। हरेक दिन हाँसोले भरिने र चुराको छनछन छन्किने घरमा साँझ–बिहानै भाँडाबर्तन बज्न थाल्यो।