सरिता गिरी लगायत ६० लाख आप्रवासी भारतीयको नागरिकता खारेज गर्नुपर्छः अभियन्ता अधिकारी

काठमाडौं । सामाजिक अभियन्ता सिद्धार्थ अधिकारीले लिम्पियाधुरा नेपालको जमिन होइन भन्दै आम सञ्चारमा अभिव्यक्ति दिने जनता समाजवादी पार्टीका सांसद सरिता गिरी सहित ६० लाख भारतीय आप्रवासीको नागरिकता खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

अनलाइन पानासँग कुरा गर्दै अभियन्ता अधिकारीले २०४६ सालपछिका सरकारले कुनै न कुनै बहानामा भारतीय नागरिकलाई नागरिकता वितरण गरेको दाबी गर्दै अहिलेसम्म ६० लाख भारतीयलाई नेपाली नागरिकता बेचिएको भन्दै आफूसँग उक्त तथ्य सुरक्षित रहेको समेत दाबी गरे । प्रकियागत रूपमा अंगिकृत नागरिकता लिएका गैरनेपालीलाई निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने गरि संविधान संशोधन गर्नुपर्ने उनको माग छ ।

अंगिकृत नागरिकताधारीहरुलाई राजनीतिक अधिकार प्रदान गर्दा नै सरिता गिरी जस्ता सांसदहरु देशले पाएको उनको टिप्पणी छ । भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता ल्याउन सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेपछि सांसद गिरीले उक्त भू–भाग भारतको भएको प्रमाणित गर्न चुनौती दिएपछि सांसद गिरीलाई पदमुक्त गर्न माग भैरहेको बेला अभियन्ता अधिकारीले भने सांसद गिरी सहित ६० लाख भारतीय आप्रवासीलाई दिएको नागरिकता खारेज गर्न माग गरेका हुन् ।

सांसद गिरी सहित ६० लाख आप्रवासीलाई वितरण गरिएको नागरिकता खारेज नगर्ने हो भने आगामी दिनमा अझै धेरै सरिता गिरीहरु सार्वभौम संसदमा प्रतिनिधित्व गर्ने अवस्था आउने र त्यसले अन्ततः फिजिकरण वा सिक्किमिकरणमा देशलाई लैजाने खतरा भएको उनको भनाइ छ ।

प्रकाशित मिति June 12, 2020

प्रतिकृया दिनुहोस