काठमाण्डौंको कोटेश्वरमा आज घटेको अनौठो घट्ना.. प्रहरीलाई समेत बनायो हैरानी !

सूचना दैनिक
शनिबार, जेष्ठ ३१, २०७७

 

काठमाडौं । सरकारले चैत ११ चैतदेखि जारी गरेको लकडाउनलाई विहिवार देखि काठमाडौंमा केही खुकुलो बनाएको छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाएपनि नीजि सवारी साधन चलाउन पाउने र पैदल एक्लै हिड्नेलाई अवरोध नगर्ने निर्णय गर्यो । असार १ देखि सरकारी कार्यालय २ सिफ्टमा खुल्ने र ब्यवसायीहरुले पनि पसल सञ्चालन गर्न पाउने निर्णय गर्यो ।

नीजि सवारी साधन चलाउँदा पनि स्वास्थ्य सावधानी अपनाउन र जोर विजोर प्रणाली लागू गर्न निर्देशन दियो । तर मोटरसाइकल र स्कुटर लगायत दुई पांग्रे सवारी साधनका लागि भने जोर विजोर लागू हुँदैन । तर मोटरसाइकलमा एक जना अर्थात चालक मात्र बस्न पाउने निर्णय सरकारले गरेको छ ।

सरकारको निर्णय संगै सामाजिक सञ्जालमा केहीले विरोध जनाए । अधिकांशको घरमा एउटा मोटरसाइकल हुन्छ । सोही मोटरसाइकल प्रयोग गरेर श्रीमान श्रीमती अफिस जान्छन् । तर सरकारले मोटरसाइकलमा चालक मात्र बस्न पाउने नियम लगाएपछि त्यसको विरोध भएको हो । सडकमा एउटै मोटरसाइकलमा दुई जना चढेको देखिएपछि ट्राफिक प्रहरीलाई हैरान भयो ।

अधिकांश मोटरसाइकलमा श्रीमान श्रीमती चढेको देखेपछि ट्राफिकले त्यसरी २ जना चढ्न नपाइने भन्दै रोक्यो । कसैले विरामीलाई पछाडी राखेर पनि अस्पताल लैजादै गरेको देखेपछि ट्राफिकलाई धर्म शंकट परेको छ ।

यस्तैमा काठमाडौंको कोटेश्वमा स्कुटरमा दुई जनालाई देखेपटि ट्राफिकले रोक्यो । युवा युवती श्रीमान श्रीमती थिए । प्रहरीले रोकेपछि केहीबेर चर्काचर्की पनि भयो । उनीहरु एउटै अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी थिए । प्रहरीले रोकेपछि आफुहरुको बाध्यता रहेको भन्दै उनीहरु प्रहरीसंग विवादमा उत्रिए । प्रहरीले पनि सरकारको निर्णय सुनाउँदै आफ्नो पनि बाध्यता भएको बताए । केहीबेरको विवाद पछि प्रहरीले उनीहरुलाई छोडिदियो ।