माइतीघरबाट इशान पक्राउ

माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलनमा उत्रिका ‘इनफ इज इनफ’ समूहका इशान अधिकारी पक्राउ परेका छन् । आन्दोलनको आयोजकमध्येको १ समूह ‘इनफ इज इनफ’का इशानलाई आन्दोलन सुरु भएलगत्तै पक्राउ गरेको हो ।

उनीसँगै माइतीघरमा रहेका जिकेसी समूहका अभिषेक सिंहले प्रदर्शनस्थलबाटै इशानलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै विदेशी नागरिक पनि पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी क्लब मृकुटीमण्डपमा राखिएको प्रहरीले जनाएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको, संकटका बेला भ्रष्टाचारमा लागेको, पीसीआर परीक्षणको दायरा नबढाएको भन्दै केही दिनदेखि सरकारलाई दबाब दिनका लागि युवाहरू सडकमा उत्रिएका छन् । उनीहरू १० अर्बको हिसाब खोइ सरकार ? १००% पिसिआर लागू गरलगायतका नारा रहेका प्लेकाड बोकेर आन्दोलनमा उत्रिएका हन् ।

प्रकाशित मिति June 13, 2020

प्रतिकृया दिनुहोस