यि हुन् ऐतिहासिक संविधान संशोधनमा अनुपस्थित सांसद

काठमाडौँ : शनिबार प्रतिनिधि सभामा भएको संविधान संशोधन बैठकमा १५ जना सांसद अनुपस्थित भएका छन् ।

संशोधित नक्साबमोजिम नेपालको निशान छाप संशोधन गर्नका लागि संसदमा दर्ता भएको विधेयकमा आज मतदान थियो । उक्त संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभामा उपस्थित २५८ सांसदले मतदान गर्दा १५ सांसद भने अनुपस्थित रहेका हुन् ।

प्रतिनिधि सभामा कुल २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत देखिएको थियो ।

शनिबारको संविधान संशोधन बैठकमा अनुपस्थित रहने सांसदहरूमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल रहेका छन् ।

प्रतिनिधिसभामा निलम्बित सांसद भने उपस्थित हुन पाएनन् । निलम्बित सांसदमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी अनुपस्थित भए । संवैधानिक व्यवस्थाअनुसार सभामुखलाई भने मत दिने अधिकार छैन ।

प्रकाशित मिति June 13, 2020

प्रतिकृया दिनुहोस