भारतले संघीय संसदबाट सर्वसम्मत रुपमा पारित भएको नेपालको नयाँ नक्सा आफूलाई मान्य नभएको जवाफ दिएको छ ।

सूचना दैनिक
शनिबार, जेष्ठ ३१, २०७७

काठमाडौं । भारतले संघीय संसदबाट सर्वसम्मत रुपमा पारित भएको नेपालको नयाँ नक्सा आफूलाई मान्य नभएको जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय क्षेत्र समावेश गरेर नक्सा जारी गर्नु नेपालको गम्भिर भूल हुने टिप्पणी गरेका छन ।

साथै उनले भारतसँग कुनै छलफल नगरी नयाँ नक्सा जारी गर्नु मान्य नहुने र त्यो नेपाल भारतबीचको सम्झौताको विरुद्ध रहेको प्रतिक्रिया दिएका छन ।

साथै भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी गलत रहेको पनि दाबी गरेको छ । तर ऐतिहासिक दस्तावेजमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको तथ्य र प्रमाण नेपाल सरकारसँग छ ।