आज आइतबार दक्षिणकाली माताको दर्शन गर्दै राशिफल पढ्नुहोस

मेष : घरायसी समस्या समाधान हुनेछ । दाजु,भाइ दिदि बैनी सँगको सम्वन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो देखिन्छ ।

वृषः काममा आएको वाधा हटेर जानेछ । लकडाउन छ तर पनि नँया कामको लागि योजनाहरु बनाउदा राम्रो हुने देखिन्छ । विदेश यात्राको लागि राम्रो समय थियो तर अहिले लकडाउनले समस्या छ । विदेशमा वस्ने व्यत्तिहरु स्वदेश आउदा रम्रो हुनेछ ।

मिथुनः पिताजीको स्वास्थ्यलाई लिएर केहि समस्या हुने देखिन्छ । भग्यमा आउदै गरेको वस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाइ बिश्वास गर्नुपूर्व संयम्ता अपनाउनु होला ।

कर्कट : चोटपटकको सम्भावना छ । लागेको रोगको कारण हस्पीटल जानु पर्ने हुन सक्छ विचार गर्नुहोला । श्रीमान वा श्रीमतीको बोलीको कारण झगडा हुन सक्छ संयम्ता अपानाउनु होला ।

सिंहः दाम्पत्य जीवनमा राम्रो हुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँग भने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पार्टनर सँग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।

कन्याः स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्लाह हुनेछ । अविवाहितको लागि योे समयमा कुरा आउने वा प्रेमलाइ विवाहमा परिणत गर्न सल्लाको लागिराम्रो समय छ । मुद्धा मामिला आफ्नो पक्षमा आउने छ ।

तुला : सन्तानको सुख पाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । इलक्ट्रीक काममा लfग्ने व्यत्तिको लागि राम्रो समय छ । सापटी लगेको पैसा फिर्ता आउने देखिन्छ ।

वृश्चिक: मन अशान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । गाडि,वाइक बाट दुःख पाउन सकिन्छ । छाति वा घाटिको समस्या देखा पर्नसक्ने छ ।

धनु: प्रसंशा प्राप्त गर्न सक्नुहुनेछ । घर परिवार सुखमय वातावरण बन्नेछ । पुरानो राथिभाइ सँगको कुराकानीले मनमा खुसि प्राप्त हुने तथा खान पिनमा विचार गर्नुहोला अन्यथा पेट सम्बन्धि समस्या आउन सक्छ ।

मकर : धन हनिको समय छ । बोल्दा विचार गर्नुहोला अन्यथा झगडा पर्ने छ । अचल सम्मतिको किनवेच हुन सक्छ ।

कुम्भ : व्यत्तित्वको प्रभाव राम्रो हुने छ । नयाँ कामको थालनी हुन सक्छ । दाम्पत्य जीवन राम्रो हुने तथा स्वस्थ्य समस्याले पिरोली रहेको थियो भने कम भएर जानेछ ।

मीन : अनावस्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । वहुमुल्य सामाान हराउन सक्छ विचार गर्नुहोला ।

प्रकाशित मिति June 14, 2020

प्रतिकृया दिनुहोस