पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार राति पहिरो भएको छ ।
अविरल वर्षापछिको पहिरोले २ घर बगाउनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको जानकारी दिए । यस्तै केही व्यक्ति बेपत्ता भएको जानकारी आएपनि के कति संख्यामा बेपत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।