no-image

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले परिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् ।

बेपत्ताहरुको खोजीकार्य भैरहेको छ ।

शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर कुश्मा नगरपालिका ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा, उनकी नातिनी ८ वर्षीय बिबिसा थापा र अर्का एकको पनि शव फेला परेको छ भने सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक बेपत्ता छन् । थापाको घरमा ६ जना रहेको कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिए ।

बिहान २ बजेसम्म सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरो ।

बेपत्ता हुनेहरुको स्काभेटर प्रयोग गरी खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना घटे लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।

पहिरोले २ घर र ६ गाईबस्तु बगाएको छ भने घटना स्थल नजिकै रहेका अन्य ३ घर परिवार जोखिममा परे पछि अन्यत्र सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।.

पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्ग गर्दै नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयबासीहरु ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म खोजी गरिएको र अहिले बिहानै देखि स्थानिय तथा सुरक्षाकर्मीले खोजी जारी राखेका छन ।

राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो । बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको उनको भनाई छ ।

शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९: ०५ बजे अचानक पहिरो गएको थियो ।

भीषण वर्षासँगै माथिबाट आएको पहिरो ले पुर्याएको क्षति ।
झन्डै २० वर्षअघि खनिएको गाउँमाथिको मोटर बाटो झरेको पहिरोले एकै ठाउँका तीन घर बगाएको हो। दुईवटा घरको भने निसान समेत नरहने गरी पुरिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति June 14, 2020

प्रतिकृया दिनुहोस