गुल्मी : थप एक कोरोना सङ्क्रमितको ज्यान गयाे

सूचना दैनिक
आइतवार, जेष्ठ ३२, २०७७

गुल्मी – गुल्मीका कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको छ ।

रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति ज्यान गएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।

जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार भैरहेको थियो । क्यान्सर रोगले पीडित पुरुषको स्वास्थ्य अवस्था गम्भीर थियो।

शवलाई राति नै नेपाली सेनाको सहयोगमा व्वस्थापन गरिएको पनि स्वास्थ्य संयोजक अर्यालले जानकारी दिनुभयो । गुल्मीको मदाने गाउँपालिका-६ का एक शिक्षकको पनि कोरोनाका कारण उपचारको क्रममा ज्यान गएको थियो ।