देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि राष्ट्रपतिले गरिन् पशुपतिनाथको पुजा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान पशुपतिनाथमा पुगेर पुजा गरेकी छन् ।
उनले आइतबार बिहन ९ बजे मन्दिरमा पुगेर पुजा गरेकाे बताइएकाे हाे ।
विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि व्यापक बन्दै गएपछि उनी पशुपति नाथमा पुगेर पुजाआजा गरेकाे उनी निकट स्राेतले बतायाे ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला उनी पशुपति नाथमा पुगेर एक घण्टासम्म पुजा गरेकी हुन ।
नेपालमा दैनिक ३ सय देखि ४ सयसम्म कोराेनाका नयाँ बिरामी फेला परिरहेका छन् ।
देशमा कुनै विपत तथा संकट परेको समयमा राष्ट्र प्रमुखले यसरी पुजाआजा गर्ने चलन रहिआएको छ ।
केहि दिन अघिमात्र ज्योतिष सुरेश चन्द्र रिजालले कैटीएम दैनिकमा “देश संकटमा पर्दा पशुपतिनाथमा राष्ट्र प्रमुखले गर्ने विशेष पुजा गणतन्त्र आएपछि हुनै छाड्यो” भनेर लेख प्रकाशित गरेका थिए ।
रिजालको उक्त लेखको प्रभाव राष्ट्रपति कार्यालयमा पुगेको पाइएको छ ।
प्रकाशित मिति June 14, 2020