अब विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालबाट हुने

सूचना दैनिक
आइतवार, जेष्ठ ३२, २०७७

सरकारले विदेश जाने व्यक्तिहरूको कोरोनाभाइरस परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्।

यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यसअघि जुनसुकै प्रयोगशालामा परीक्षण गर्न मिल्ने सुविधा थियो।

राजधानीका यीबाहेक टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पिसिआर परीक्षण हुन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक एक हजार बढी नमूनाको परीक्षण हुँदै आएको छ।

काठमाडौं । प्रतिनिधिसभाले शनिबार नेपालको संशोधित नक्सा अनुसार देशको निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक सर्वसम्मत पारित ग¥यो । त्यसमा सरकार र सरकारलाई नेतृत्व गर्ने दलको प्रशंसा स्वाभाविक रुपमा भइरहेको छ, त्योसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले पनि निकै चर्चा बटुले ।

अघिल्लो दिनसम्म भारतीय पक्षधर, अराष्ट्रवादीको आरोप खेपिरहेका उनीहरु शनिबारबाट राष्ट्रवादीको कित्तामा उभिन सफल भएका छन् र सोही अनुसार उनीहरुको चर्चा र प्रशंसा भइरहेको छ । यसअघि उनीहरुको राष्ट्रियतामा आशंका गर्नेहरुले पनि अहिले निर्धक्क प्रशंसा गर्न थालेका छन् ।

संघीयता, गणतन्त्र र संविधान संशोधनका लागि पटक पटक आन्दोलन गरे पनि उनीहरुले कहिल्यै राष्ट्रिय समर्थन पाउन सकेका थिएनन् । आज उनीहरुले हिमाल, पहाड र तराईबाट प्रशंसा बटुलिरहेका छन् । त्यसको एउटै कारण हो राष्ट्रिय अखण्डताको सवालमा एक ढिक्का हुन् ।

उनीहरुले संविधान संशोधन विधेयकमाथि दफावार छलफलमा भाग लिँदै संसदमा दिएको अभिव्यक्ति कुनै नौलो विषय होइन । संसदमा यस्ता विषय अन्य नेताहरुले पटक पटक उठाए पनि त्यसमा कसैले त्यति वास्ता गरेका थिएनन् । तर मधेशवादी दलका यी दुई नेताले बोलेपछि सबैको ध्यान केन्द्रित भयो ।

संसदमा के भनेका थिए ?
राजपा नेपालका सांसद महतोले नक्सामा समेट्दैमा गुमेको भूमि नपाइने भएकाले जमिन नै फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले कूटनीतिक तवरबाटै वार्ताको माहोल सिर्जना गरेर जमिन फिर्ता गराउन आग्रह गरेका थिए ।