नेपाल–भारत सीमामा अब तारबार लगाऊनु पर्छ – पंफा भुसाल (भिडियो सहित)

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ एवं सांसद पम्फा भुसालले नेपाल–भारत सीमामा तारबार लगाउनुपर्ने बताएकी छन् । नेपालको नयाँ नक्साको पक्षमा सिंगो संसदमा देखिएको एकता इतिहासको गर्वपूर्ण अवसर भएको र यसैको जगमा नेपालको भूमि फिर्ता लिनुपर्ने उनले बताइन् ।

‘खुला सीमा हुनुहुन्न, कोरोनाले एउटा पाठ सिकाएको छ । नेपालले पनि खुला सीमालाई व्यवस्थित गर्न ख्याल गर्नुपर्छ । जमिन फिर्ता ल्याउने वार्तापछि सीमालाई तारबार गर्नेतिर जानैपर्छ । कसैको १ इन्च भूमि खोसेका छैनौं ।

पछिल्ला दिनमा चीनसँग वार्ता भइसकेको छ, नेपालसँग किन बहाना खोज्ने ?’ भुसालले भनिन्, ‘वार्ताका लागि कुनै प्रकारको बहाना नखोजियोस् । सबै जनताले नेपाल सरकारलाई जुन अभिमत दिएको छ, सरकारले वार्ता र संवादबाट जमिन फिर्ता ल्याउने छ ।’

राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको लागि गरिएको लामो आन्दोलनका बीच आज ऐतिहासिक घडीमा उपस्थित भएकोे उनले स्मरण गरिन् । ‘२०६५ जेठ १५ गते यहीँ हलमा गणतन्त्रको घोषणा गर्दा, गौरवको अनुभूति भएको थियो र आज हामीलाई त्यसै गौरव भएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति June 14, 2020

प्रतिकृया दिनुहोस