भारतलाई अर्को झड्का: नेपालको समर्थनमा पाकिस्तान, मन्त्रीले दिए नेपाललाई बधाई

सूचना दैनिक
सोमवार, असार १, २०७७

काठमाडौँ : नेपालले आफ्नो संशोधित नक्सालाई अनुमोदन गर्दै संविधान संशोधन विधेयक पारित गरेसँगै यस विषयमा विभिन्न प्रतिक्रियाहरू आएका छन् ।

नेपालले गरेको यस ऐतिहासिक कार्यको पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेनले नेपाललाई बधाई दिएका छन् ।

हुनेनले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाई दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘नेपालका साहसी जनताका प्रतिनिधिहरूलाई बधाई छ । तपाईंहरूले नक्सा संशोधन मात्र गर्नुभएको छैन, तपाईंहरूले ठूला देशहरूले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने पनि देखाउनुभएको छ ।’

यता भारतीय सञ्चारमाध्यमहरूले नेपालको यो कदमलाई दुस्साहसको रूपमा चित्रण गरेका छन् ।