अनलक- १ : यी हुन् आजबाट खुला गर्न मिल्ने सेवा तथा कार्यहरू

काठमाडाैं, १ असार । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी गर्दै आइरहेको लकडाउन आज (असार १ गते)बाट केही खुकुलाे अर्थात् अनलक हुँदैछ । तर पूरै अनलक भने हाेइन, लगभग याे अनलककाे पहिलाे चरण हाे । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तीन दिन लगाएर लकडाउन खोल्ने रणनीति तयार पारेको थियाे । समितिले अबको साढे २ महिनाभित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तह/चरणको योजना बनाएको छ । जसअनुसार पहिलाे चरण अाजबाट लागु हुँदैछ ।

तहगत रुपमा क्रमशः हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरी कार्ययोजना बनाइएकाे छ । आम नागरिकको दैनिकी सहज हुने गरी लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको हाे ।

आजबाट खुल्ने सेवा र कार्यहरू :
सरकारी कार्यालयहरू

आजबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै सरकारी कार्यालयहरू खुल्दैछन् । सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ बजदेखि साँझ ६ बजेसम्म कार्यालय खुला रहेनछ ।

कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । त्यस्तै उद्योग, कलकारखाना र निजी कार्यालय पनि खुल्दैछन् ।

निजी सवारी साधन (जिल्लाभित्रै)

सार्वजनिक सवारी साधन बाहेकका निजी सवारी साधन चल्न दिने तर त्यस्ता सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्लामा भने जान नपाइने गरी सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

तर, त्यस्ता चारपाङ्ग्रे निजी सावरी साधनमा चालक र अन्य २ जना मात्रले सवार गर्न पाउनेछन् भने दुई पाङ्ग्रे सवारी साधनमा चालक एक जना मात्र चढ्न पाउने छन् ।

जोर-बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवागमनका लागि सञ्चालन गरिएकाे हाे । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ ।

स्वास्थ्य, किराना तथा दैनिक उपभाेग्य सामग्री/सेवा

स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक पनि अाजदेखि पूरै खुला हुनेछन् । यसअघि पनि मेडिकलहरू खुलै हुने गर्थे ।

औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणसम्बन्धी सेवा खुलै रहने ।

फोहोरमैला व्यवस्थापन

विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा

सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य ।

उत्पादनशील उद्योग र अन्य

निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत)

निर्माण कार्य (निजी समेत)

नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण

क्वारेन्टिनका लागि तोकिएका होटल

बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप

पुस्तक पसल तथा स्टेशनरी

सबैप्रकारका ढुवानी सेवा ।

अत्यावश्यक सेवाका सबै कार्यालय

रेष्टुरेन्ट – रेष्टुरेन्ट खान ल्याउन सेवा लिन सकिन्छ। प्याकिङ खाना परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन ।

प्रकाशित मिति June 15, 2020

प्रतिकृया दिनुहोस