‘गफ हानेको’ होइन, ढुक्क रहौं–मुलुक बन्छ: प्रधानमन्त्री

सूचना दैनिक
सोमवार, असार १, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताएका छन्।

सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको बताए।

उनको भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित छ। जुन प्रदर्शनहरूमा विशेषगरि युवा पुस्ताको सहभागिता छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हाम्रो देश झन् पछि पर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको आफूले थाहा पाएको उल्लेख गर्दै देशले राम्रो गर्छ र अगाडि बढ्छ भन्नेमा ढुक्क रहन आग्रह गरे।