आत्महत्या गर्नुभन्दा १ दिन अघि आफ्नी गर्लफ्रेन्डलाई घरसम्म पुर्‍याएर आएका थिए सुशान्त

सुशान्त सिंह राजपुतसँग सम्वन्धमा रहेकी रिहाको बारेमा नयाँ खुलासा भएको छ ।

एक भारतिय सञ्चारमाध्यमका अनुसार दुखद् घट्ना घट्नुभन्दा १ दिन अगाडी सुशान्त सिंह राजपुतले बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए ।उनीहरुको लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

केही समयअगाडीदेखि सुशान्त रिहा चक्रबतीसँग प्रेममा रहेको कुरा बाहिर आएको थियो ।

उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।

उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे ।

सुशान्तसँग रिहा
परिवारमा सुशान्तको बिवाहको कुरा पनि चलेको थियो ।

तर उनको मृत्युको खबर चारैतिर फैलिसक्दा पनि रिहा कतै देखा परेकी छैनन् ।

प्रहरी रिहाको घर पुगेर बयान लिएको समाचार पनि सार्वजनिक भएको छ ।

सुशान्त र रिहा
खबरका अनुसार लकडाउन कारण उनीहरु सामाजिक दुरी कायम गरेर हिड्ने गर्थे ।

प्रकाशित मिति June 15, 2020

प्रतिकृया दिनुहोस