आन्दोलन आवश्यक छैन, अब मुलुक बन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सन्ततीले मुलुकको लागि लड्न नपर्ने बताएका छन् । सोमबार विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाको सन्दर्भमा मन्तब्य दिँदै प्रधानमन्त्री ओलीको देशको लागि जति लड्नुपर्ने हो अहिलको पुस्ताले लड्ने उल्लेख गरेका छन् ।

उनले मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चारमाध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? भन्ने जस्ता प्रश्न आफूलाई आउन गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले जति लड्ने हो अहिलेको पुस्ता लडेर मुलुक बनाउने बताए । उनले भने–‘अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईंका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिमका बेला बैकल्पिक माध्यमबाट अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन गर्ने बताए । उनले भने– ‘विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्त्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ ।’

विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्यको पूर्णपाठ:

विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको

शुभकामना मन्तव्य

प्रकाशित मिति June 15, 2020

प्रतिकृया दिनुहोस