पानीमा रुझ्दै आफ्नो प्रिय साथीलाई बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेटी …

सूचना दैनिक
सोमवार, असार १, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम बिदाईको तयारी भइरहेको छ ।

मुम्बइमा यतिबेला पानी परिरहेको छ ।आफ्नो साथीलाई अन्तिम बिदाई गर्न र उनको परिवारलाई सान्तवना दिन बलिउडका सेलिब्रेटीहरु उनको घर ब्रान्द्रा अपार्टमेन्टमा आइपुगेका छन् ।

उनको फिल्म ‘छिचोरे’मा उनले आ त्मह त्या गर्नु हुदैन भनेर सन्देश दिएका थिए ।

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।

हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।

छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ ।

अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ?

किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् ।

परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”

उनको फिल्मको यो डाइलगलाई बिर्सदै उनले यो कदम चाले ।