भारतीय तस्करले नेपाल सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएका थिए , तर नेपाली नागरिकहरुले यसरी बचाए!

सूचना दैनिक
मङ्लबार, असार २, २०७७

कास्की खबर :झापा गाउँपालिका १ लसुनाका नेपाली नागरिकले सशस्त्र प्रहरीलाई तस्करको हातबाट बचाएका छन् । सोमबार राती भारतीय तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएका थिए !लसु्नाबासीका अनुसार नेपालभारत सीमामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घिसार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले बचाऊ बचाऊ भन्दै गुहार मागेपछि स्थानीयबासीले भारतीयको हातबाट बचाएको स्थानीय अगुवाले जानकारी दिए ।

सोहि समयमा हार्डवेयरका सामग्री नेपाल छिराउने योजना सहित भारतीयहरु आएको बुझिएको छ । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै हमला गर्ने गरी योजनाको साथ भारतीय तस्कर आएको स्थानीयको भनाई छ ।केहि व्यक्तिले सामान नेपाल तर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घिसार्दै भारत छिराएको उद्धारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, एकछिन ढिलो भएको थियो भने ठुलो दुर्घटना हुने थियो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छर्नेहरुलाई सुरक्षाले तस्करी गर्न नदिएको जानकारी दिए । तस्करबाट सामान खोस्दा घम्सा घम्सीसम्म भएको उनको भनाई छ ।
टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको जानकारी दिए । उनले तत्कालै फोन आएपछि आफुहरु पुगेको र ठुलो दु र्घटना हुन नपाएको बताए ।

५० जनाभन्दा बढि नेपाली घटनास्थल पुगेर सशस्त्र प्रहरीको उद्धार गरिएको थियो । जिल्लामै धेरै तस्करी हुने सीमाको रुपमा परिचित लसुना क्षेत्र मा भारतीयको दा दा गिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ । नेपालीसँगै मिलेर तस्करी गरेपछि सुरक्षा संवेदनशीलता झनै बढेको छ । सो क्षेत्रबाट तस्करीक गर्न विगतमा सुरक्षाबाटै सहयोग मिल्ने गरेको थियो ।कास्की खबर