दुखद् खबर, कालापानीमा भारतीय सेनाले यसरी घेरो नेपाली सेना ( भीडीयो सहित )

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

दुखद् खबर, कालापानीमा भारतीय सेनाले यसरी हाले घेरा, भारतले राख्यो ६ वटा सुरक्षा अंगका थप जनशक्ति

( हेर्नुस यो भीडीयो )

यो पनि हेर्नुहोला

सीमामा एसएसबीले बढायो निगरानी

सीमा क्षेत्रमा विवाद बढेपछि भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीको निरीक्षण आउन थालेको छ । एसएसबीको पैदल र सवारी गस्ती बाक्लिएको छ ।

भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारीहरू नै सीमावर्ती क्षेत्रमा बाक्लो रूपमा निरीक्षणमा आउन थालेका हुन् । एसएसबीले गस्ती पनि यसअघिको तुलनामा बढाउँदै लगेको छ ।

गत जेठ ३० मा सीमा सुरक्षार्थ सर्लाहीको संग्रामपुरमा खटिएको नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) को कारबाहीमा भारतस्थित सीतामडीका एक जनाको मृत्यु भएपछि एसएसबीको पैदल र सवारी गस्ती बाक्लिएको हो । यसबाहेक दार्चुलाको कालापानी क्षेत्रमा भारतीय अतिक्रमणले पनि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । यहीबीच सोमबार चीन र भारतको सीमावर्ती लद्दाखस्थित गलवान घाँटीमा दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो । झडपमा भारतीय स्थल सेनाका कर्णेलसहित २० सैनिकको मृत्यु भएपछि उसले छिमेकी मुलुकसँगको सीमामा तैनाथी थप बढाएको हो ।

नेपालसँग भारतको १ हजार ८ सय ८० किमि लम्बाइको सीमा छ । यसमध्ये प्रदेश १ का ६ जिल्लाले ४ सय ४० किमि, प्रदेश २ का ८ जिल्लाले ४ सय ३५, वाग्मती र गण्डकी प्रदेशका १/१ जिल्लाले क्रमश: ८८ र ४, प्रदेश ५ का ५ जिल्लाले ४ सय ४५ र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाले ४ सय ६८ किमि ओगेटका छन् । ती सबै सीमावर्ती स्थानमा भारतले एसएसबीको गस्ती बढाएको छ ।

भारतले ५ सय ३० बोर्डर आउटपोस्टमार्फत सीमा सुरक्षा गर्दै आएकोमा थप फौजलाई पनि गस्तीमा उतारेको सशस्त्र प्रहरी बलका एक बीओपी कमान्डरले बताए । सशस्त्र प्रहरीको भने भारतीय सीमातर्फ १ सय २२ स्थानमा बीओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयले पनि सीमावर्ती क्षेत्रमा आफ्नातर्फबाट चुस्त र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न मातहत फौजलाई निर्देशन दिएको छ । सशस्त्रले सहकार्य गरेर आवश्यकता अनुसार संयुक्त गस्ती गर्न पनि बाहिनीपतिहरूलाई निर्देशन दिएको छ ।