काठमाडौं । काठमाडौं उपत्यकामा भित्रभित्रै कोरोना संक्रमण फैलिँदै गएको छ । हरेक दिनजसो उपत्यकामा कोरोना संक्रमित भेटिन थालेका छन् । त्यो पनि एक दुइजना होइन, आधा दर्जनको संख्यामा ।
बिहीबार बुढानीलकण्ठ नगरपालिकाको कपन बालुवाखानीका कोरोना संक्रमण पुष्टि भएका पुरुष खाद्यान्नको होलसेल व्यापारी भएको खुलेको छ। उनी खाद्यान्नको होलसेल ब्यापारी रहेको बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।
नगरपालिकाले केही दिनअघि ६० जनाको कोरोना परीक्षणका लागि पठाएकोमा असार ३ गते उनको मात्र रिपोर्ट पोजेटिभ देखिएको उनले बताए । उनलाई कोरोना पुष्टि भएकै दिन एम्बुलेन्समार्फत अस्पताल लगिएको उनले बताए ।
व्यापारीमा संक्रमण भेटिएपछि उनीसँग सम्पर्कमा आएका परिवार र अन्यको स्वाब परीक्षणको लागि पठाइएको छ।
प्रकाशित मिति June 19, 2020