गलावन भ्यालीमा चिनियाँ सेनाले प्रयोग गरेको ह’तियार सार्वजनिक भएपछि भारतमा खैलाबैला

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

बीबीसी । सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिं’सा’त्मक भि’ड’न्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा ह’ति’यारहरूको तस्बिर सार्वजनिक भएको छ।

गलवान उपत्यकामा भएको उक्त भि’डन्ता’मा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्या’न गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।

उक्त भि’ड’न्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अ’ति’क्रमण गरेको आरोप लगाएका छन्।

त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ।बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा ह’ति’यार देख्न सकिन्छ।

उक्त तस्बिर बीबीसीलाई भारत–चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती ह’ति’यार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।

उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको ह’ति’यारको प्रयोगलाई बर्बर भनेका छन्।

त्यस क्षेत्रमा गोली ब’न्दुक बा’रुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आ’क्रा’मक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आ’क्रोश व्यक्त गरिरहेका छन्। त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा ख’सेका थिए।

सन् १९९६ को सहमतिअनुसार लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गो’ली प्र’हार गर्ने छैनन्‘‘विस्फोटक सामग्री प्रयोग गर्ने छैन’न् वा ब’न्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्नेछैनन्।