नागरिकता दिने कुरा पसलमा गएर सलाई किने जस्तो होइन ‘कांग्रेसको कुरा राष्ट्रको लागि घातक

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले नेपालीसँग बिवाह गर्ने विदेशी महिलालाई बिबाहसँगै नागरिकता दिनुपर्छ भन्ने कांग्रेसको कुरा स्विकार्नु राष्ट्रको लागि घातक भएको बताएका छन । नेकपाले राखेको प्रस्ताव बिबाह पछि लगातर नेपालमै बसेको ७ बर्ष पछि अगिकृत नागरिकता दिने प्रस्ताव सही भएकाले ब्यवस्था लागु गर्नुपर्ने नेता रिजालले जोड दिए ।

कांग्रेस र मधेसबादी दलहरु किन नागरिकता जस्तो विषय मा संवेदनशील छैनन ? भन्दै नेता रिजालले प्रश्न गरे । उनले भने, ‘किन सरिता गिरीहरु जस्ता देशद्रोही अझै धेरै जन्माउन कांग्रेस जस्तो पार्टी न्वारन देखिको बल लगाईरहेको छ ?’ दोहोरो नागरिकता खारेज गर्नुपर्नेमा नेता रिजालले जोड दिए ।

नेता रिजालले भने, ‘सरिता गिरी राजेन्द्र महतो अमरेश कुमार सिंह लगाएत मधेसी मूलका नेताहरुले दोहोरो नागरिकता लिएको भन्ने कुराहरू संचार माध्यममा आइरहेको छ । यसरी दोहोरो नागरिकता लिनेहरू माथि सरकार ले तुरुन्तै छानविन को दायरामा ल्याएर कारवाई गर्नुपर्छ ।’ नागरिकता दिने कुरा पसलमा गएर सलाई किने जस्तो नभएकोले कांग्रेसलाई आफ्नो अडान छोड्न नेता रिजालले अनुरोध गरे । नेपालको नागरिकता ऐन विधेयक २०६३ लाई संशोधन गर्न संसद मा दफाार छलफल भइरहेको छ