पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

काठमाडौं- नेपालमा शुक्रबार थप २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ४०२ पुगेको छ ।

नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार २७४ पुगेको जानकारी दिएका हुन् । जसमध्य २२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।