भारतको विहे गरेको सात बर्षपछी नागरिकता दिने व्यवस्था हामीले किन लागू गर्ने – डा शशांक

काठमाडौं, असार ६ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले सात बर्ष पछाडी नागरिकता दिदैमा राष्ट्रवादी हुने र अगाडी दिदा नहुने तर्क मान्न नसकिने बताएका छन् ।

नेपाली पुरुषसँग विहे गरेकी विदेशी महिलालाई सात बर्ष पछाडी मात्रै नागरिकता दिने व्यवस्था गर्नु पर्ने माग उठिरहेका बेला उनले त्यसको विपक्षमा मत राखेका हुन् । सात बर्ष पछाडी र अगाडीको राष्ट्रिय भावनामा खासै भिन्नता नहुने उनको भनाई छ।

पत्रकार ऋषि धमालासंग कुराकानी गर्दै उनले विदेशी बुहारीलाई नेपाली नागरिकता विहेलगत्तै उताको नागरिकता त्याग्नेपछि दिनु र सात बर्षपछि दिनुमा कुनै भिन्नता नभएको उल्लेख गर्नु गरे।

उनले भने, ‘उताको नागरिकता त्याग्नै पर्ने र महत्वपूर्ण पदहरुमा जान नपाईने व्यवस्था त छदै छ नी । त्यो व्यवस्था हुदा हुदै पनि डराउनु पर्ने मलाई लाग्दैन ।’ महामन्त्री कोइरालाले भारतमा विहे गरेको सात बर्षपछाडी दिने व्यवस्था हुदैमा नेपालमा पनि त्यस्तै व्यवस्था हुनु पर्छ भन्ने नभएको दावी गरेका छन् । उनले प्रतिप्रश्न गर्दै भने, ‘अरुले जे गरे त्यही गर्नु पर्छ भन्ने छ र ? हामीले आफ्नै प्रकारको व्यवस्था गर्न सकिन्छ नी ।’

प्रकाशित मिति June 20, 2020

प्रतिकृया दिनुहोस