भोलि अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने, के गर्न हुने के नहुने?

भोली असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।
मेष राशी – श्रीप्राप्ती
वृष राशी – क्षती
मिथुन राशी – घात
कर्कट राशी – ब्यय
सिंह राशी – लाभ
कन्या राशी – सुखम्
तुला राशी – माननाशः
वृश्चिक राशी – कष्टम्
धनु राशी – स्त्रीपिडा
मकर राशी – सौख्यम्
कुम्भ राशी – चिन्ता
मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

प्रकाशित मिति June 20, 2020

प्रतिकृया दिनुहोस