सुशान्तकी प्रेमिकाले प्रहरीलाइ दीइन अचम्मको बयान, सुशान्तका फ्यान पनि अचम्मित ! अन्तिम पटक फोनमै भनेका रहेछन यस्ता यी कुरा !

सूचना दैनिक
शनिबार, असार ६, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र देहत्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ । प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुसन्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो ।

भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

आइतबार सुशान्तले आफ्नो प्राण त्यागे । उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टेशन पुगेकी हुन् । उनलाई प्रहरीले बयानको लागि बोलाएको थियो । उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् । भारतीय मिडिया पिंकभिल्लालाई आधार बनाएर सुशान्तले आत्माह-त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो ।

रिहाले पनि त्यही बयान दिएको बताइएको छ । पुलिसले सुशान्तसँग टचमा रहेका सबैको बयान लिइरहेको छ । केहि दिन अघिमात्र सुशान्त र रिहाको ब्रेकअप भएको बताइएको छ । सुशान्तको इच्छाअनुशार नै उनीहरु छुट्टिएको बताइएको छ । बयानका क्रममा रिहाले हाम्रो ब्रेकअप भैसकेको थियो त्यो पनि सुशान्तकै इच्छाअनुसार । त्यसैले मलाइ अन्तिम पटक उनले छोड्न मेरै घर सम्म पुगेका थिए ।

पछिल्लो समय सुशान्तमा केहि परिबर्तन थियो उनिमा केहि आक्रोस र केहि तनावमा थिए जुन मैले महसुस गरेकी थिए । सुशान्तको हाउभाउ पहिलेजस्तो थिएन पक्कै पनि उनमा केहि पिडा भएको हुनु पर्छ जुन कुरा उनले म संग खोलेनन् ।