असार ७ गते अहिले सम्मकै लामो सूर्यग्रहण – यी ४ राशीको भाग्य चम्कने, यी ८ राशिलाई धेरै हानी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएको छ ।

नेकपाको सचिवालय बैठकले शनिबारउक्त निर्णयलिएपछि रातोपाटीसँगको संक्षिप्त कुराकानीमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले त्यसको विरोध जनाएका हुन् । निधिले भने, ‘प्रधानमन्त्रीको चाहना अनुसार विहीबार हामीले बालुवाटार पुगेर हाम्रो कुरा राखेका थियौँ । हाम्रो पार्टीको आधिकारिक धारणा नेपाल नागरिकता ऐन, २०६३ लाई कायम राख्नुपर्छ । यसमा कुनै किसिमको संशोधन जरुरी छैन भनेर भनेका थियौँ । उहाँले पार्टीमा छलफल गरेर तपाईँलाई खबर गर्छौँ भन्नुभयो । अहिले उहाँले एकतर्फी निर्णय गर्नुभएकोमा हामीलाई दुख लागेको छ । यसप्रति म खेदप्रकट गर्न चाहन्छु ।’

निधिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न कुरामा आफूहरुको सहमति नहुने पनि प्रष्ट पारे । उनले भने, ‘अहिले कै व्यवस्था कायम रहनुपर्छ । सरकारले गर्न लागेको संशोधनमा पक्षमा हामी छैनौँ । हाम्रो धारणा यही हो ।

काठमाडौ । आउन लागेको असार ७ गते दुर्लभ दिन हुँदैछ उक्त दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । २०७७ साल असार ७ गते आइतबारको सुर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।हेर्नुस –

नेकपाको कदम निन्दनीय भएको भन्दै यसले सामाजिक, सांस्कृतिक, राजनीतिक र साम्प्रदायिक द्धन्द्ध सिर्जनाको विजारोपण भएको निधिको ठहर छ ।
‘मिडियामा आएको समाचार साँचो हो भने यो अत्यन्त निन्दनीय काम हो । यस्तो किसिमको बन्ने कानुनलाई हामी स्वीकार गर्दैनौँ,’ निधिले व्यक्तिगत धारणा सुनाउँदै भने, ‘यसले के पुष्टि हुन्छ भने देशमा कम्युनिस्टको सरकारले सामाजिक, सांस्कृतिक, राजनीतिक र साम्प्रदायिक द्धन्द्धको विजारोपण भएको मेरो ठहर छ । यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो । सम्बन्धित सबैलाई यसबारे बेलमै सचेत हुन आग्रह पनि गर्दछौँ ।’

यस्तै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले आफ्नो धारणा प्रधानमन्त्रीसामु राखिसकेको भन्दै सरकारले सहमतिको बाटो नरोजेको बताए । नेकपाको निर्णयबारे पार्टीभित्र छलफल गरेर काँग्रेसले आफ्नो पोजिशन प्रस्ट पार्ने उनले बताए ।

नागरिकतासम्बन्धी विधेयकमा सहमति वातावरण नबनेपछि बुधबार सरकारले सहमति जुटाउन थप ५ दिन समय मागेको थियो । सहमतिको वातावरण तय गर्न विषयमा प्रधानमन्त्री केपी ओलीले बिहीबार काँग्रेसको धारणा बुझेका थिए ।

काँग्रेसले २०६३ सालको नागरिकता ऐन अनुसार नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई तत्काल नेपाली नागरिता दिनुपर्नेमा अडान दोहोर्याएको थियो । यस विषयमा काँग्रेससँगै जनता समाजवादी पार्टी पनि वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा वर्तमान व्यवस्था कायम हुनुपर्ने पक्षमा छ ।

प्रकाशित मिति June 20, 2020

प्रतिकृया दिनुहोस