नेपाल र पाकिस्तानले पनि भारतलाई सैन्य जवाफ दिन सक्छन : चीन

एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेता वनी दिएको छ । ग्लोबल टाइम्सले सम्पादकीय लेखेर जवाफी कारबाहीमा कुनै पनि समय नलाग्ने चेता वनी दिएको छ । वासिङ्टनले चीनविरुद्ध प्रयोग गरेको आशं का चीनले गरेको छ । चीनविरुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेको आ शंका गरिएको ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ ।

भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले यु द्धका लागि विभिन्न उपक रणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।

ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवा द गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवा दलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विना शकारी हार हुनसक्छ ।’

प्रकाशित मिति June 22, 2020

प्रतिकृया दिनुहोस