चिनियाँ प्रधानमन्त्री किमजोंग भन्दै पुत्ला जलाए, भारतको बिल्ला भो… ( हेर्नुस भिडियो )

एजेन्सी – लद्दाखको गलवानमा भएको घटना पश्चात अहिले चीन विरुद्ध प्रदर्शन भइरहेका छन्। भारतमा चिनियाँ सामान माथि बन्देज लगाउने देखि चीन विरुद्ध नारावाजी गर्ने कार्य भइरहेको छ। भारतीयहरूले अहिले चिनियाँ सामान तोडफोड गर्ने, डढाउने र चीनका राष्ट्रपति सी चिनफिङको तस्वीर-पुत्ला जलाउनेसम्मका काम गर्न थालेका छन्।

तर, पश्चिम बंगालमा भएको एक प्रदर्शनका क्रममा भाजपा कार्यकर्ताहरुले भने गम्भीर गल्ती गरेका छन्। भारतीय जनता पार्टीका कार्यकर्ताले पश्चिम बंगालको आसनसोलमा बिहीवार उत्तर कोरियाका नेता किम जोङ उनको पुत्ला दहन गरेका हुन्। सामाजिक संजालमा अहिले भाजपा नेताले ‘चिनियाँ प्रधानमन्त्री किम जोङको पुत्ला दहन गर्न लागेको’ बताइरहेको भिडियो भाइरल भैरहेको छ।

“चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं।”, उक्त भिडियोमा भाजपा नेताले भनेका छन्। साथै उनले चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गरिरहेको पनि देखिएको छ। भाजपाका नेताले यस्तो गम्भीर गल्ती गरेपछि सामाजिक संजालमा उनको ब्यापक ट्रोल भइरहेको छ।

प्रकाशित मिति June 22, 2020

प्रतिकृया दिनुहोस