चीनसँगको तनावका बीच मुस्लिम राष्ट्रले भारतलाई दिँदैछन् ठूलो झड्का!

नयाँ दिल्ली । मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोपरेसन अर्थात ओआईसीले आपतकालिन विदेशमन्त्री स्तरीय बैठक बोलाएको छ।

उक्त बैठकमा जम्मू कश्मीरको स्थितिबारे छलफल हुने छ। जम्मु कश्मीरका लगि गठन भएको उक्त गु्रपमा अजरबैजान, नाइजर, पाकिस्तान, साऊदी अरब र टर्की सदस्य रहेका छन्।

ओआईसीका महासचिव, डा.युसुफ अल ओथिमिनले यो बैठकमा जम्मू कश्मीरसँग सम्बन्धित धेरै मुद्दाहरूमा छलफल हुने बीबीसीले जनाएको छ।


गतबर्ष भारतले जम्मू कश्मीरलाई दिएको विशेषाधिकार हटाएपछि ओआईसीले कडा व्यक्तव्य जारी गरेको थियो।

ओआईसीको यो बैठक अहिले त्यस्तो समयमा आयोजित भइरहेको छ जब भारत र चीनबीच तनावपूर्ण अवस्था छ। भारतका २० सैनिक मरिसकेका छन्। नेपालसँगको विवाद पनि सिमानामा चलिरहेको छ र पाकिस्तानसँगको तनाव त छँदै थियो। यस्तो अवस्थामा आयोजित ओआईसीको बैठकलाई अत्यन्त महत्वका साथ हेरिएको छ।

यो बैठकबाट पारित हुने कुनै पनि प्रस्तावलाई भारतले महत्वका साथ हेरेको छ।

प्रकाशित मिति June 22, 2020

प्रतिकृया दिनुहोस