जनावरमा पनि मानवता हुन्छ : सुशान्तको कुकुरको पनि मृत्यु !

सूचना दैनिक
मङ्लबार, असार ९, २०७७

आइतबार आत्मह-त्या गरेका चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो ।

उनको निधनले बलिउड तथा उनको परिवार शोकमा डुबेको छ ।

उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ ।

उनको निधनले बलिउडमा नेपोटिजमको कुरालाई पुन : उजागर गरेको छ ।

केहीले त्यस्को पक्षमा बहस गरिरहेका छन् भने केहिले विपक्षमा कुरा गरिरहेको छन् ।

सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् ।

करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो ।

केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो…. भन्दै समाचार सार्वजनिक भएको थियो ।

आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ ।

Sushant’s dog #fudge is no more!
He may have realized that he has been searching for the owner for so long that his owner will never come to him again.
Couldn’t stand this pain?
He stopped eating!
FUDGE suffered the most in Sushant’s death.#RIP #fudge ??#sushantsinghrajpoot pic.twitter.com/4xnIWtzagH

— Vikash Patel (@unofficialvikas) June 22, 2020

भारतीय मिडियाहरुले उनको कुकुर फज्ड (फूग्गी)क को निधन भएको दाबी गरेका छन् भने केहीले हल्ला मात्र भएको बताएका छन् । अभिनेता राजपुतको मृत्युपछि उक्त कुकुर अत्यन्तै उदास र बिक्षिप्त रहेको बताईएको छ ।

राजपुतको निधनपछि उनको तस्वीर हेरेर आँसु खसालिरहेको कुकुरको भिडियो पनि सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।

कुकुरले सुशान्तको मृत्युपछि खाना नै नखाएर प्राण त्यागेको बताईएको छ ।

आफ्नो मालिकको अभावमा बिक्षिप्त बनेको उक्त घरेलु जनावर लगातार चिन्तित मुद्रामा रहने गरेको थियो ।

यद्यपी कतिपय मिडिया एजेन्सीहरुले भने उक्त विवरण सही नभएको भन्दै समाचार छापेका छन् ।

भारतीय अनलाईन ओटिभीले उनको कुकुरको मृत्यु भएको दाबी नै गरेको छ ।

तर टाइम्स अफ इन्डियाले उनको मृत्युको हल्ला मात्र भएको बताएको छ ।