के असार १० गतेपछि लकडाउन कडा हुदैछ ? यसो भन्छन सरकारी अधिकारि…

८ असार २०७७, सोमबार, काठमाडौं,असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।

‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ’ उनले भने, ‘लकडाउनका नियम सबैले पालना गरौं ।’उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति June 23, 2020

प्रतिकृया दिनुहोस