महिलालाई विभेद गर्ने नागरिकता विधेयक अघि नबढाउन नेकपालाई देउवाको आग्रह

सूचना दैनिक
बुधबार, असार १०, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने बताएका छन्।

संविधानले नै महिला र पुरुषबीच समानता सुनिश्चित गरेकाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने उनले बताएका छन्।

सभापति देउवाले हालै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता सम्वन्धी ७ वर्षे प्रावधानको पनि विरोध गरेका छन्।

‘महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म नेकपासँग माग गर्दछु’ बुधबार देउवाले फेसबुकमा लेखेका छन्।