चीनतर्फ सीमा मिचिएको समाचार सत्य होइन – परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारले चीनतर्फको नेपालको सीमा नमिचिएको स्पष्ट गरेको छ ।

ad
मिडियामा प्रकाशित चीनतर्फको सीमा अतिक्रमण भएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै परराष्ट्रमन्त्रालयले विहिबार विज्ञप्तिमार्फत सो समाचार सत्य नभएको स्पष्ट गरेको हो ।

विज्ञप्तिमा कृषि मन्त्रालयको रिपोर्टलाई आधार बनाएर मिडियामा समाचार प्रकाशित भएकोमा सो मन्त्रालयले सीमा मिचिएको विषय सत्य नभएको स्पष्ट गरेको उल्लेख गरिएको छ ।

नेपाल र चीनबीच सीमा सन १९६१ अक्टोबर ५ मा ट्रीटी (सन्धि) अनुसार नै निर्धारण गरिएको परराष्ट्रले उल्लेख गरेको छ ।

विज्ञप्तिमा सीमामा कुनै समस्या भएमा दुई देशबीच आपसी सहमतिमा समाधान गरिने उल्लेख गरेको छ

प्रकाशित मिति June 25, 2020

प्रतिकृया दिनुहोस