काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गरेको छ।
यसअघिको व्यवस्था संशोधन गर्दै गृह मन्त्रालयले नयाँ नियम कार्यान्वयन गराउन सबै जिल्ला प्रमुख अधिकारीहरुलाई निर्देशन गरेको छ।
अब काठमाडौं,ललितपुर र भक्तपुर जिल्लाका सम्बन्धित स्थानीय तहको निगरानीमा नियमानुसार क्वारेन्टिनमा बस्नको लागि अनिवार्य पूर्व लिखित सहमति लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमध्ये सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि उपत्यका प्रवेशको निम्ति सवारी पास लिएको हुनुपर्नेछ।
सम्बन्धित यात्रुले यात्रा अवधिभर स्थानीय तहको लिखित सहमति, जिल्ला प्रशासनको अनुमतिलगायतका कागजात साथैमा राख्नु पर्नेछ।