सबैको चर्को बिरोधपछि सोफा छोड्न बाध्य भए ओली-प्रचण्ड, भीम राववले भने MCC कुनै हालतमा पास गर्न हुन्न ?

सूचना दैनिक
शनिबार, असार १३, २०७७

काठमाडौँ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले विरोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्नका लागि मञ्चमा सोफा राखिएको थियो । अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो ।

दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए । नेता राववले कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता किन भनेर प्रश्न गरेका थिए । यो सामन्तवादी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको एक नेताले जानकारी दिए । त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था त्यहाँ भएको थियो ।

बुधबार बैठक सुरुवातका दिन वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षभन्दा पछि राखेको भन्दै कार्यालय सचिवलाई आफू बस्ने कुर्सी अगाडि सार्न लगाएका थिए । शुक्रबारबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपाको माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नेताहरुले विरोध गरेपछि मन्ञ भित्तामा टाँसिएका दुई अध्यक्षका तस्बिर बैठकको बीचमै हटाएका थिए ।

६ महिनापछि बसेको स्थायी कमिटी बैठकलाई उपेक्षा गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार एजेन्डामाथि धारणा राख्ने क्रममा स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएकोमा आलोचना गरेका हुन् ।

नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने र एमसिसीजस्ता राष्ट्रिय एवं पार्टी जीवनका दीर्घकालीन महत्वका एजेन्डा केन्द्रित छलफल हुने दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थित भएकोमा सदस्यहरुको असन्तुष्टि थियो ।