स्यानिटाइजर पिउँदा अमेरिकामा ३ जनाको ज्यान गयाे, चार जनाले गुमाए दृष्टि

सूचना दैनिक
आइतवार, असार १४, २०७७

एजेन्सी, १४ असार । हातमा लगाउने स्यानिटाइजर पिउँदा अमेरिकामा तीन जनाको मृत्यु भएको छ । न्युयोर्क डेलीका अनुसार अन्य चार जनाले दृष्टि गुमाएको छ ।

उक्त घटना न्यु मेक्सिकोमा भएको हाे । उनीहरू सातै जनाले स्यानीटाइजर पिएकाे न्युयोर्क डेलीका जनाएकाे छ । तीन बिरामी अवस्था गम्भीर रहेकाे बताइएकाे छ । उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

यस किसिमको केमिकलले मगजमा असर पार्नुकासाथै दृष्टि गुमाउने र मिर्गौलासमेत बिगार्ने बताइएको छ। मृत्यु भएकाहरुको विस्तृत विवरण भने दिइएको छैन। पछिल्लोपटक कोरोना महामारीका कारण स्यानिटाइजरको प्रयोग बढ्दो छ।