गायिका प्रिती कौरको प्रश्न : मलाई नेपाली नागरिकता लिनबाट किन बञ्चित गरियो ? (भिडिओसहित)

सूचना दैनिक
आइतवार, असार १४, २०७७

काठमाडौं, १३ असार । गायिका प्रिती कौरले आफू नेपालमै जन्मिएको र यहीँ केही गरेर मर्ने चाहना भएकोले आफूलाई नेपाली नागरिकता लिनबाट किन बञ्चित गरिएको हो ? भन्दै प्रश्न गरेकी छिन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका कौरले यस्तो बताएकी हुन् । उनले नेपाली नागरिकता लिनको लागि आफू योग्य रहेको पनि बताईन् । अहिले उनी भारतीय पासपोर्ट बोकेर हिँड्न बाध्य भएको बाध्यतापनि सुनाईन् ।