भारतलाई तह लगाउन आफ्ना सैनिकलाई मार्सल आर्ट प्रशिक्षण दिदै चीन

काठमाडौँ । भारतीय सेनासँग भिडन्त भएपछि चीनले आफ्ना सैनिकलाई मार्सल आर्ट प्रशिक्षक दिने भएको छ। आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने घोषणा गरेको छ।

उक्त प्रशिक्षणको आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो।

सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन्। त्यस्तै आत्मरक्षाका लागि चीनले आफ्ना सेनालाई मार्सल आर्ट प्रशिक्षण दिन लागेको हो।

केही दिनअघि भारत–चीन सेनाबीच सीमामा भएको भिडन्तमा पनि बन्दुक वा विष्फोटक पदार्थको प्रयोग भएको थिएन्। हतियार प्रयोग नगरिएको भिडन्तमा पनि कम्तीमा २० भारतीय सैनिको ज्यान जानुका साथै ७६ जना घाइते भएका थिए। हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन।

हङ्‌कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा लेखेका थिए। सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन्।

प्रकाशित मिति June 28, 2020

प्रतिकृया दिनुहोस