भारतमा रुवाबासी चीनले भारतको होस उडाउने गरी तयारी थालेको भिडियो सरकारी मिडियाबाट सार्वजनिक

काठमाडौं । चीनले भारतको होस उडाउने गरी तयारी थालेको छ । चीनले भारतसँग पूर्वी लद्दाखमा भइरहेको तनावको बीचमा दबाब दिन खोज्दै छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले आइतबार हजारौं सैनिकहरुको युद्धाभ्यासको एक भिडियो सेयर गरेको छ। यसको माध्यमबाट चिनियाँ मिडियाले यो देखाउन कोशिश गरिरहेको छ कि सीमामा चीनले कुनै पनि समयमा आफ्नो सेना र हतियार संकलन गर्न सक्छ। भारतीय विज्ञले भने कि यो पुरानो चिनियाँ बानी भएको बताएका छन् । भारतीय विज्ञहरुका अनुसार भारतले पनि चीनको दिमागले खेल्नुपर्ने समय आएको छ् ।

ग्लोबल टाइम्सले दावी गरे अनुसार पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले चीनको उत्तरपश्चिममा उच्च उचाई भएका क्षेत्रमा ठूलो मात्रामा युद्धाभ्यास गरेको हो । यसमा हजारौं प्याराट्रुपरहरू र आर्मर्ड क्यारिएज समावेश गरिएको छ । ग्लोबल टाईम्सको रिपोर्टले देखाउन खोज्यो कि यदि आवश्यक परेमा चीनले आफ्नो सीमा सुरक्षा कत्तिको चाँडो गर्न सक्छ । शनिबार चीन सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले पनि रिपोर्ट गर्यो कि पीएलए एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौं किलोमिटर उत्तर पश्चिम चीनको पठारमा अज्ञात स्थानमा युद्धाभ्यास गर्‍यो ।

भारतीय रक्षा विश्लेषक नितिन गोखलेले ट्वीट गरे, ‘चीन आफ्नो सैनिकहरू उच्च उचाई क्षेत्रमा यु द्ध गर्न तयार छ भन्ने धारणा बनाउन खोजिरहेको छ। हुनसक्छ यो समय हो कि हामीले पनि उसको दिमाग अनुसार खेल्नुपर्दछ।’ भारतका चीन विज्ञ ब्रह्मा चेल्लनीले चेतावनी दिए, ‘भारतले चीनसँग मैत्री विस्तार गर्‍यो तर चीनको कम्युनिष्ट तानाशाहीले लद्दाखमा आ क्रामकता देखायो । यो घटनाले माओको सन् १९६२ को सैन्य आ क्रमणको सम्झना दिलाउछ । अब भारत होसियार हुनुपर्छ ।’

प्रकाशित मिति June 28, 2020

प्रतिकृया दिनुहोस