अन्ततः नेपालसँग मिलेर अघि बढ्ने भन्दै मोदीको यस्तो घोषणा !

सूचना दैनिक
सोमवार, असार १५, २०७७

काठमाडौं । भारतले नेपालसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ । भारतले बाढी र डुबान स’मस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय गरिरहेको खुलासा गरेको हो । सधैँ एकपक्ष रुपमा नेपाल डुबाउँदै आएको भारत अहिले भने नेपालसँग वार्ता गर्न खोज्दैछ । तर भारतले यसो गर्नुको कारण थप र’हस्यमय रहेको छ । भारतको विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका छन् ।

नेपालका नदीहरुमा आउने बाढीका कारण बिहारलगायतका सिमावर्ती राज्यहरुमा हुने डुबानका विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले नेपाली पक्षसँग कुरा भइरहेको बताएका हुन् । उनले भने,‘ भारत र नेपालबीच बाढी नियन्त्रणको कामका लागि दुई पक्षीय संयन्त्र छन् । सीमामा रहेका नदीहरुमा बाढी नियन्त्रण र भूक्षय रोक्ने काम सुरु भइसकेको छ ।’ साथै यो वर्षको मनसुनमा हुनसक्ने क्ष’ति कम गर्न दुवै पक्षबीच समन्वय भइरहेको उनले स्पष्ट पारेका छन् ।

प्रत्येक वर्ष नेपाल र भारतको सि’मावार्ती क्षेत्रमा वर्षाका बेला नदी र खोलाको सतह बढ्दा बाढी र डु’बान स’मस्या हुँदै आएको छ । बाढी र डु’बानका कारण ठूलो मात्रामा अन्न बाली र धनजनको क्ष’ति हुने गरेको छ । विगतका वर्षहरुमा यो क्ष’ति भारतले भन्दा धेरै नेपालले व्यहोर्नु परेको थियो । तर यस पटक नेपालले भारतलाई विभिन्न ठाउँमा बाँध निर्माण एवं मर्मतमा रोक लगाएपछि भारतको बिहार सरकार सं’कटमा आएको छ ।

सीमाका दुई दर्जनभन्दा बढी ठाउँमा भारतले एकतर्फी रुपमा निर्माण गरेका तटबन्धले नेपाली भूभागलाई डु’बाउने गरेको छ । यस विषयलाई नेपालले उच्च राजनीतिक तहमा उठाउँदै आए पनि भारतले त्यति वास्ता नगर्ने गरेको नेपाली अधिकारीहरुले गु’नासो गर्दै आएका छन् । अझ भारतीय पक्षले उल्टो नेपालका कारण भारतीय क्षेत्रमा डु’बान हुँदै आएको आ’रोप लगाउँदै आएको छ ।

केही दिनअघि बिहारका जलसंशाधन मन्त्री सन्जय झाले नारायणी (गण्डक) नदीमा बनेको बाँधको सफाई र मर्मतको काममा नेपालले अ’वरोध गरेका आ’रोप लगाएका थिए । यसले बिहारमा बाढी र डु’बानको जो’खिम बढाएको समेत उनले जनाएका थिए । बिहार सरकारले यो कुरा आफ्नो विदेश मन्त्रालयमा गु’नासो गरेपछि आज प्रवक्ता श्रीवास्तवको यस्तो प्रतिकृया आएको हो ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।