मदेशीदलका नेता र राजपरिवाका सदस्यसहित जमघट भएको छ! भारतीय राजदूतावासको संयोजनमा

सूचना दैनिक
सोमवार, असार १५, २०७७

:सरकारले लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरे लगत्तै भारतीय राजदूतावासले राजनीतिक सक्रियता बढाएको छ । दूतावासकै संयोजनमा बिहीबार साँझ मधेसवादी दलका नेता र राजपरिवारका सदस्यसहितको जमघट भएको छ ।सरकारले लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई बुधबार शीतल निवास बोलाएर धन्यवाद दिएको भोलिपल्टै भारतीय दूतावासले मधेसवादी दलका नेता र राजपरिवारका सदस्यलाई निम्त्याएर बिहीबार साँझ होटल भिभान्तमा रात्रिभोज आयोजना गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टीका नेता लल्मणलाल कर्णले बिहीबार साँझ होटल भिभान्तमा मधेसकेन्द्रित दलका विभिन्न नेता र राजपरिवारका सदस्यको जमघट भएको पुष्टि गर्नुभयो । हामीले खाना खाएको हो, तर यसबारे कसैलाई जानकारी दिइएको छैन’ उहाँले जनता समाचारसँग भन्नुभयो, तपाई अनलाइनहरुलाई कसरी थाहा हुन्छ यस्ता कुरा ?स्रोतका अनुसार मधेसवादी दलका नेता र राजपरिवारका सदस्यसहितको रात्रिभोज भारतीय राजदूतावासका डिसीएम अजकुमारले संयोजन गरेका हुन् ।

राजदूत र दूतावासका कर्मचारीले राजनीतिक सक्रियता बढाउनु कुटनीतिक आचरण विपरीत मानिन्छ । भारतीय राजदूतावासका कर्मचारीले कुटनीतिक आचरण विपरीत आयोजना गरेको त्यो रात्रिभोजमा जनता समाजवादी पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, मोहम्मद इस्तिहाक राई, प्रदीप यादव, प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत तथा उनका कानुनी सल्लाहकार दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजवहादुर सिंह, कपिल राणा र राहुल चौधरी लगायत सहभागी भएको स्रोतले जनाएको छ ।

जमघटमा नेपालको संसदबाट पास हुन लागेको नागरिक विधेयक र त्यसको प्रावधानबारे समेत छलफल भएको स्रोतले बताएको छ । राज्य व्यवस्था समितिले वैवाहिक अंगिकृत नागरिकताको हकमा ७ वर्षको प्रावधान राखेपछि जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्दै आएका छन् । तर सत्तारुढ दल नेकपाले भने यसलाई स्वागत गर्दै छिटो संसदबाट पारित गराउन सरकारलाई आग्रह गरिरहेको छ ।