काठमाडौं उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

सूचना दैनिक
सोमवार, असार १५, २०७७

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए ।

२४ घण्टामा ४ सय ७६ कोरोना संक्रमित थपिए…

विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो।

सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।

अहिलेसम्म २ लाख २३ हजार ६ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमध्ये १३ हजार २ सय ४८ जनाको नतिजा पोजेटिभ देखिएको हो ।