प्रधानमन्त्री केपि ओलि एकमात्र राजनेता हुन , जस्ले भारतलाई थर्काए

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप रहने तथ्यलाई फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेका छन् । आफ्नो चाहनाविपरीत हुने नेपालको राजनीतिक गतिविधिमा भारतको हस्तक्षेप रहँदै आएको छ । भारतीय चाहनाविपरीत संविधान जारी गर्दा भारतले २०७२ मा नेपालमाथि नाकाबन्दी लगाएको थियो । र अहिले नेपालको भूमिलाई आफ्नो नक्सामा समेट्दै सो भूमिमा बाटो बनाएर उद्घाटन गरे पछि ओली सरकारलाई त्यसको कडा प्रतिवाद गरेको छ ।

ओली सरकारले पनि मुलुकको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गर्ने र संविधान संशोधनसमेत गरेर संविधानको अंग बनाएको छ । यसबाट नेपालसँग भारत रुष्ट रहेको जगजाहेर नै छ । तर, यही कार्य गरे वापत ओलीलाई सरकारलाई ढाल्न दिल्ली सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।जननेता मदन भण्डारीको ६९औँ जन्मदिनको अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकार ढाल्न सपना नदेख्न आग्रह गरेका छन् ।

दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो’, प्रधानमन्त्री ओली भने ।

आफूलाई प्रधानमन्त्रीबाट कसैलाई हटाउन नसक्ने आफूविरुद्ध लागेका शक्तिहरुलाई सन्देश दिएका ओलीले भने, ‘हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाले सरकार ढलेको भन्दै उनले अहिले त्यो अवस्था नरहेकाले आफ्ना सरकार बलियो रहेको सन्देश दिए ।

प्रकाशित मिति June 29, 2020

प्रतिकृया दिनुहोस